२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

सांसद भाटको प्रश्न–मासिक ८ हजारमा अतिरिक्त हुलाक कर्मचारीको गुजारा कसरी चल्छ ?

मंगलवार , आश्विन ६, २०८३

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले अतिरिक्त हुलाक प्रतिनिधि, पत्र वितरक र डाँकबाहकको न्यून तलबबारे सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूको तलब तथा सुविधा बढाउन माग गर्नुभएको छ ।

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद अलीले अतिरिक्त हुलाकका कर्मचारीले दिनभर काम गरे पनि मासिक ७ देखि ८ हजार रुपैयाँ मात्रै तलब पाउने अवस्था रहेको बताउनुभयो ।

    ‘७–८ हजार रुपैयाँमा अहिलेको अवस्थामा कसरी गुजारा चल्छ ?’ प्रश्न गर्दै उहाँले उनीहरूको तलब र सुविधाका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।

    त्यस्तै उहाँले कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको करिब डेढ महिनाअघि जंगलमा भएको रहस्यमय मृत्युको घटनाको अहिलेसम्म सत्यतथ्य बाहिर आउन नसकेको भन्दै तत्काल छानबीन गर्न माग गर्नुभयो ।

    पूर्वमेयर सिंहको मृत्युबारे सत्यतथ्य छानबीन गरी घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने बताउनुभयो । ‘सबैको माग छ, राप्रपाको माग छ–सत्यतथ्य छानबिन भइ बाहिर आओस्,’सांसद भाटले भन्नुभयो ।