२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार छ :मन्त्री गौतम

मंगलवार , आश्विन ६, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • काठमाडौँ, ६ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकार कानून निर्माणको प्रक्रियालाई गति दिन तयार रहेको बताउनुभएको छ । 

    प्रतिनिधि सभाको मंगवबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुन्द्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी (बिबिएनजे) सम्झौतामाथि सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गौतमले पछिल्ला प्राकृतिक विपत्तिहरूलाई मध्यनजर गर्दै विकासको मोडल पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले विपद्लाई केन्द्रमा राखेर कानून निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । विकास निर्माणमा रेजिलियन्ट (लचिलो) मोडल अपनाउनुपर्ने र त्यसका लागि सरकार दृढ रहेको जिकिर गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘हामीले विपदलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने आजको आवश्यकता छ । विकास निर्माणमा रेजिलियन्ट (लचिलो) मोडल अपनाउनुपर्छ र त्यसका लागि सरकार दृढ छ । सन्धि सम्झौता मात्र गरेर हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने कानुनहरू पनि समयमै बन्नुपर्छ । यस वर्ष हामी १६६ वटा कानून बनाउने लक्ष्यमा छौं र अहिलेसम्म ४० भन्दा बढी दर्ता भइसकेका छन् ।’
    मन्त्री गौतमले आदिवासीका मौलिक ज्ञान र स्थानीय सीपलाई कानून निर्माणमा समेट्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।