२०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

एमाले लुम्बिनी प्रदेशका सचेतक लामिछानेद्वारा विपद् राहत कोषमा सहयोग

बिहिवार , भाद्र ११, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • दाङ, ११ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशका सचेतक नवराज लामिछानेले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।

    रसुवा जिल्लाको रसुवागढी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसपछि निम्तिएको विपद्का कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामिछानेले रकम प्रदान गर्नुभएको हो ।

    लामिछानेले विपद्का समयमा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    रसुवामा आएको बाढी तथा पहिरोका कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका साथै राहत वितरणको काम भइरहेको छ ।