२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

मर्चवारमा कबड्डी प्रतियोगिता सुरु

शुक्रवार , श्रावण २९, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २९ साउन । रुपन्देहीको मर्चवारमा कबड्डी प्रतियोगिता सुरु भएको छ । स्थानीय युवाहरूको संयुक्त आयोजनामा शुक्रबारदेखि कोटहीमाई गाउँपालिका–४ स्थित तुनिहवामा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले पुरानो तथा मौलिक खेल कबड्डीको प्रवद्र्धनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मर्चवारमा पहिलोपटक कबड्डी प्रतियोगिता आयोजना हुनु खेलकुदको विकासका लागि सकारात्मक सुरुवात भएको उल्लेख गर्नुभयो । ‘मर्चवारमा पहिलोपटक कबड्डी प्रतियोगिता आयोजना हुनु खेलकुद प्रवद्र्धनका लागि नयाँ सुरुवात हो । युवाहरूले नयाँ सोच र उत्साहका साथ खेलकुदको विकासमा सकारात्मक सन्देश दिएका छन्,’ उहाँले भन्नुभयो ।

    सांसद बनियाले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै देशको सम्मान र गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सरकारले कुरा मात्र नभइ कामलाई प्राथमिकता दिँदै अघि बढिरहेको समेत उल्लेख गर्नुभयो ।

    प्रतियोगितामा विभिन्न क्षेत्रबाट १४ टोलीले सहभागीताका लागि दर्ता गराएको प्रतियोगिता संयोजक रामजस पालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन १० टोलीबीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने टोलीले १० हजार रुपैयाँ, द्वितीय हुनेले ६ हजार रुपैयाँ र तृतीय हुने टोलीले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संयोजक पालले जानकारी दिनुभयो ।