२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

पोखराको पृथ्वीचोकमा महानगरद्वारा निर्मित ‘कोसेली घर’ उद्घाटन

शुक्रवार , श्रावण २९, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • पोखरा, २९ साउन । पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गर्नुभयो । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा थलो बन्ने बताउनु भयो ।

    विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनहरूलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।