शुक्रवार , श्रावण २९, २०८३
भैरहवा । एमजी विन्डसर कम्युटका ५० विद्युतीय कार ईड्राइभ लुम्बिनीद्वारा सञ्चालनमा ल्याईएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेका बेला लुम्बिनी प्रदेशको पहिलो राइड सेयरिङ कम्पनि ई ड्राइभ लुम्बिनी नेपालले ५० वटा कार सञ्चालनमा ल्याएको हो ।
एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालि र ई ड्राइभ लुम्बिनीबीच ५० वटा एमजी विन्डसर कम्युट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । भैरहवामा भएको एक कार्यक्रमका बिच सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत पहिलो चरणमा १६ वटा सवारीसाधन हस्तान्तरण गरिएको छ ।
बाँकी सवारीसाधन आगामी डेढ महिनाभित्र उपलब्ध गराउने जीओ अटोमोबाइल्सका निर्देशक आर्यमान गोल्छाले बताउनु भयो । उहाँले १०२ वर्ष पुरानो गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्सले सन् २००९ देखि सवारीसाधनको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । उहाँले एमजी विन्डसर कम्युट नेपालमा भित्रयाएसंगै नेपालमा पहिलो पल्ट ब्ल्क रूपमा एकै पटक ५० वटा सवारीसाधन बिक्रीको सम्झौता ई ड्राइभ लुम्बिनीसंग गरिएको समेत बताउनुभयो ।
जीओ अटोमोबाइल्सका डिलर इन्चार्ज प्रकाश शाक्यले एमजी विन्डसर कम्युटलाई व्यावसायिक सवारीसाधनका रुपमा प्रयोग गर्न मिल्ने गरी नेपालमा ल्याइएको बताउनुभयो ।
ई ड्राइभ लुम्बिनी नेपालका अध्यक्ष राजकुमार गुप्ताले एमजी विन्डसर कम्युटको आगमनसँगै लुम्बिनी प्रदेशमा यसको औपचारिक सुरुआत भएको बताउदै ई ड्राइभ लुम्बिनी नेपालभर एमजी विन्डसर कम्युटको पहिलो ठूलो परिमाणको खरिदकर्ता बनेको समेत दाबी गर्नुभयो ।
‘गाडी निकै फराकिलो र आरामदायी छ, भारतीय उत्पादन पनि भएकाले यसका पर्टपुर्जा तथा प्राविधिक सेवा समेत छिटो र सहज उपलब्ध हुन्छ, उहाँलेभन्नुभयो आवश्यकता परेको अवस्थामा भारतबाट एकै दिनमा प्राविधिक जनशक्ति बोलाउन सकिने सुविधा पनि छ ।’
एमजी विन्डसर कम्युटमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएकोहुँदा यसले २०० एनएम टर्क उत्पादन गर्ने कम्पनिको दावी छ । ३८ किलोवाट–पावरको ब्याट्री रहेको यस गाडीले एकपटक पूर्ण चार्जमा करिब ३३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij