२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु

शुक्रवार , श्रावण २९, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • काठमाडौं, २९ साउन । भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।

    स्थानीय अधिकारीहरूले बुधबार यी दुर्घटनाहरूको पुष्टि गरेका हुन् । दक्षिण भारतीय राज्य तेलङ्गानामा एउटा भारी सवारी साधनले तीन पाङ्ग्रे सवारी साधन (अटो) लाई ठक्कर दिँदा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैगरी, भारतको मध्य प्रदेश राज्यमा भएको अर्को घटनामा एकै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको छ ।

    भारी वर्षाका कारण उर्लिएको नालाले यात्रुवाहक सवारी साधनलाई बगाउँदा उक्त हताहती भएको हो । स्थानीय अधिकारीकाअनुसार सवारी साधनमा सवार कुल ११ जनामध्ये दुई जनाले पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् ।