२०८३, श्रावण २८ गते

Aug 13 2026 | २०८३, श्रावण २८ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १० लाख बढीको अवैध सामान बरामद

बिहिवार , श्रावण २८, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, २८ साउन । सशस्त्र प्रहरी बलले रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेक्वा रुपन्देहीबाट खटिएको सीमा अनुगमन टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–११ स्थित भुजौली इलाकामा अन्दाजी मूल्य ५ लाख २९ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेक्वा, रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बरामद गरिएको हो । 

    त्यस्तै सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट खटिएको टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–१ स्थित बाइपास इलाकामा अवैध सामान बरामद गरेको छ । 
    सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अन्दाजी ४ लाख ७ हजार मूल्य बराबरको लत्ताकपडा, रेडीमेट गहना, किराना सामान र ढुवानीमा प्रयोग भएको अन्दाजी १ लाख रुपैयाँ बराबरको लु २९ प ८७२१ नम्बरको स्कुटी १ थान गरी ५ लाख ७ हजार रुपैयाँको सामान बरामद गरेको हो ।

    ddddjfjif.jpg

    बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।