२०८३, श्रावण २८ गते

Aug 13 2026 | २०८३, श्रावण २८ गते

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा काठमाडौं प्रहरी परिसर अगाडी महासंघको धर्ना

बिहिवार , श्रावण २८, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका काठमाडौं अगाडी धर्ना दिएको छ । 

    महासंघले विहीवार श्रेष्ठको रिहाईको माग गर्दै प्रहरी परिसर अगाडी धर्ना दिएको हो । प्रहरीले पत्रकार श्रेष्ठलाई बुधवार राती ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरि काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ ।

    महासंघको नेतृत्वमा पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडी धर्ना दिएका हुन् । उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन् ।

    धर्नामा सहभागीहरुले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाई गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

    महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ ।

    पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाई छ । पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ ।