२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

विद्यार्थीमा आत्मविश्वास बढाउन ‘करियर काउन्सेलिङ’

बुधवार , श्रावण २७, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, २७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, बेवरीस्थित नमुना इङ्लिस बोर्डिङ स्कूलमा युथ करियर काउन्सेलिङ प्रोग्राम सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ बुटवल लोटस, लायन्स क्लब अफ भैरहवा लिगेसी र लायन्स क्लब अफ लुम्बिनी लाइटको संयुक्त आयोजनामा बुधबार उक्त कार्यक्रम भएको हो । विश्व युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागीता रहेको लायन्स भैरहवा लिगेसीका अध्यक्ष तथा विद्यालयका शिक्षक नारायण प्रसाद कोइरालाले बताउनुभयो ।

    कार्यक्रममा प्रशिक्षक तथा प्रमुख वक्ता लायन्स क्लब अफ लुम्बिनी लाइटका अध्यक्ष उपेन्द्र अधिकारीले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्दै भविष्यको लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभयो । उहाँले आत्मविश्वास बढाउन तथा सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य कमल कोइरालाले विशेष गरी किशोरावस्था अत्यन्त महत्वपूर्ण र संवेदनशील हुने बताउनुभयो । उहाँले यस उमेरमा सही मार्गदर्शन आवश्यक रहेको बताउनुभयो । प्राचार्य कोइरालाले लायन्स क्लबहरूले विद्यार्थीकेन्द्रित कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त दिनुभयो ।

    sssss.JPG

    लायन्स क्लब अफ बुटवल लोटसको अध्यक्ष नारायणी काफ्लेलेको अध्यक्षता तथा रिजन–१५ को चेयरपर्सन सुशीला आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा लायन्स क्लब अफ बुटवल लोटसकी पूर्वअध्यक्ष अस्मिता अधिकारी, सचिव सम्झना श्रेष्ठ, लायन्स भैरहवा लिगेसीका सह–सचिव सुनिल पौडेल, निर्देशक विष्णु भट्टराईलगायतको उपस्थिति थियो ।