२०८३, श्रावण २६ गते

Aug 11 2026 | २०८३, श्रावण २६ गते

अनेरास्ववियु किन पुग्यो सुस्ता ?

मंगलवार , श्रावण २६, २०८३

  • 427
    Shares
  • 427
    Shares
  • भैरहवा, २६ साउन । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा पुगेको छ । शनिबार अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा विद्यार्थी नेताहरु सुस्ता पुगेका हुन् । अनेरास्ववियूको केन्द्रीय नेतृत्वको टोलीले सुस्ता पुगेर दिनभर स्थानीयसँगै अस्थायी तटबन्ध निर्माणमा श्रमदान गरेको हो ।

    अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सागर न्यौपानेले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि उक्त बाँध पुर्ननिर्माणमा श्रमदान गरिएको बताउनुभयो ।

    ‘सीमाको रक्षा र आफ्ना नागरिकको सुरक्षाका लागि अनेरास्ववियुको टोली बोरा, माटो र बेल्चा बोकेर श्रमदानका लागि सुस्ता पुगेको थियो, ’उहाँले भन्नुभयो । स्थानीय बासिन्दाको पीडामा साथ दिन विद्यार्थी नेताहरू सुस्तामा खटिएको न्यौपानेले बताउनुभयो । ‘राष्ट्रिय सार्वभौमिकता र सीमा रक्षाका लागि उभिने यो दृढता नै हाम्रो राष्ट्रियताको अडान हो, ’उहाँले भन्नुभयो ।