२०८३, श्रावण २६ गते

Aug 11 2026 | २०८३, श्रावण २६ गते

माइती नेपालद्वारा आर्थिक वर्ष २०८२-०८३ को सामाजिक परीक्षण

मंगलवार , श्रावण २६, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • भैरहवा, २६ साउन । माइती नेपाल आवधिक गृह भैरहवाले आर्थिक वर्ष २०८२-०८३ को  सामाजिक परीक्षण सोमबार भैहवामा सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नारायण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले सबै पक्ष मिलेर मात्र मानव बेचबिखन विरुद्धको अभियान सफल हुने बताउनुभयो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, वडा नम्बर ९ का कार्यबाहक वडाअध्यक्ष सुभद्रा शर्मा पौडेल, वडा नम्बर १ का वडा सदस्य हरिमाया गुरुङ, १३ का वडा सदस्य सदस्य निलु श्रीस मगर, गैरसरकारी संस्था महासंघकी उपाध्यक्ष समिता मल्ल, पत्रकार माधव ढुंगाना, शंकर पाण्डे, इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।

    कार्यक्रममा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले कार्यालयले गरेका कामका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    माइती नेपालले गत आर्थिक वर्षमा रुपन्देहीका विभिन्न सीमावर्ती नाकाबाट भारततर्फ लैजान लागिएका तथा बेचबिखनको जाखिममा रहेका १६९ जना महिला, बालबालिका तथा किशोरीहरुको उद्धार गरेको छ ।