२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

रोटरी क्लब बुटवल–चौतारीद्वारा ७६ पिन्ट रक्तदान

मंगलवार , श्रावण २६, २०८३

  • 829
    Shares
  • 829
    Shares
  • बुटवल, २६ साउन । रोटरी क्लब अफ बुटवल–चौतारीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ । रोटरी क्लब अफ बुटवल चौतारी, रोट्रयाक्ट क्लब अफ बुटवल चौतारी र रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागीता जनाइएको थियो ।

    रोटरी क्लब अफ बुटवल चौतारीको ‘समाजसँग रोटरी’ को भावना अनुरूप क्लबको ३०१ औं नियमित बैठकसँगै बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष बासुदेव भुसालले बताउनुभयो । रगत अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका असहाय तथा आवश्यकतामा रहेका बिरामीलाई राहत पुर्याउने उद्देश्यले १०० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको भए पनि ७६ पिन्ट रगत संकलन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

    अध्यक्ष भुसालले रक्तदानलाई केवल सामाजिक सेवा नभइ जीवन बचाउने मानवीय अभियानका रूपमा अघि बढाउन क्लब प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमको संयोजन  रामप्रसाद न्यौपानेले गर्नुभएको थियो भने रामनाथ पाण्डे र खगेन्द्र बेल्बासे सह–संयोजक रहनुभएको थियो ।

    क्लबका सचिव माधव पौडेलले रक्तदान गरी मानवीय सेवामा योगदान पु¥याउने सम्पूर्ण रक्तदाताप्रति हार्दिक आभार व्यक्त गर्दै रक्तदान अभियानलाई निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार क्लबले छिट्टै दोस्रो चरणको रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

    आयोजकहरूले नियमित रक्तदानमार्फत रगतको अभाव कम गर्न तथा आपत्कालीन अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन सबैलाई रक्तदान अभियानमा जोडिन आग्रह गरेका छन् ।