२०८३, श्रावण २६ गते

Aug 11 2026 | २०८३, श्रावण २६ गते

टर्की र अस्ट्रियाबीच द्विपक्षीय सहयोग

मंगलवार , श्रावण २६, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौं, २६ साउन । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अस्ट्रियाका चान्सलर क्रिस्टियन स्टकरबीच सोमबार टर्कीको राजधानी अंकारामा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ । चान्सलरका रूपमा स्टकरको यो पहिलो टर्की भ्रमण हो ।

    भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै देशका नेताहरूले द्विपक्षीय सहयोगका क्षेत्रमा रहेका ठूला सम्भावनाहरूका बारेमा चर्चा गर्नुभयो । राष्ट्रपति एर्दोगानले बैठकमा द्विपक्षीय सम्बन्धका साथै टर्की–युरोपेली संघ (ईयू) सम्बन्ध, क्षेत्रीय परिस्थिति र विश्वव्यापी घटनाक्रमका विविध पक्षहरूमा विस्तृत छलफल भएको जानकारी दिनुभयो । 

    सम्बोधनका क्रममा राष्ट्रपति एर्दोगानले भन्नुभयो, ‘टर्की र अस्ट्रियाबीच हरित ऊर्जा, महत्त्वपूर्ण खनिज, उच्च प्रविधि, यातायात र रक्षा उद्योगको क्षेत्रमा सहकार्यका ठूला सम्भावनाहरू रहेका छन् ।’

    त्यसैगरी, अस्ट्रियाका चान्सलर क्रिस्टियन स्टकरले आर्थिक र सामाजिक सम्बन्ध नै दुई देशबीचको घनिष्ठ सहयोगको आधार भएको बताउनु भयो । उहाँले विशेष गरी सीमापार रेल परियोजनाहरू लगायतका क्षेत्रमा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन सकिने सम्भावना रहेकोमा जोड दिनुभयो ।

    यस भ्रमणले टर्की र अस्ट्रियाबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास गरिएको छ ।