२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

सिद्धार्थनगर र सैनामैनामा वातावरणीय उत्थानशीलता प्रवर्द्धन परियोजना शुभारम्भ

मंगलवार , श्रावण २६, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २६ साउन । रुपन्देहीको सिद्धार्थनगर र सैनामैना नगरपालिकामा शहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्रवर्द्धन परियोजना (SUPER–II ) शुभारम्भ भएको छ ।

    सोमबार दुवै नगरपालिकासँग नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच परियोजनाका गतिविधि, सहकार्य र कार्यान्वयनका विषयमा छलफल गरी सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो ।

    सम्झौता कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा, रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्याय, दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, विपद् फोकल पर्सन, शाखा प्रमुख, रेडक्रसका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागीता थियो ।

    ddddeeeeeee.jpg

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको कार्यक्रम संयोजक पल्लवी सिंह, स्विस रेडक्रसका प्रतिनिधि घनश्याम सापकोटा र जिल्ला परियोजना अधिकृत कृष्ण मल्लले परियोजनाका उद्देश्य तथा आगामी गतिविधिबारे सहजीकरण गर्नुभएको थियो ।

    SUPER–II परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी गतिविधि सम्बन्धित स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा सहलगानीमा सञ्चालन गरिनेछ । दुईवर्षे परियोजनाले स्थानीय तहको विपद् पूर्वतयारी क्षमता अभिवृद्धि तथा समुदायको उत्थानशीलता प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।