२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

युसीयमयसमा १२८ स्लाइस सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सुचारु

शनिवार , श्रावण २३, २०८३

  • 406
    Shares
  • 406
    Shares
  • भैरहवा, २३ साउन । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसीयमयस) मा ‘१२८ स्लाइस सिटी स्क्यान तथा एम्बुलेन्स सेवा सुचारु् भएको छ । अस्पतालले रेडियोलोजी विभागको ‘रजत जयन्ती’ को अवसरमा उक्त सेवा शनिबारदेखि शुभारम्भ भएको हो । युसीयमयसका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले दुवै सेवाको सुरुवात गर्नुभएको हो ।

    सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सूचना अधिकारी सुशील गुरुङले अस्पतालले सेवा गरेको नयाँ सिटी स्क्यान मेशिनबाट बिरामीहरुले अझ गुणस्तरीय र रोगको आधुनिक निदान सेवा प्राप्त गर्ने, विश्व प्रसिद्ध ब्राण्डेड अत्याधुनिक नयाँ मेशिन अत्यन्त कम समयमा उच्च गुणस्तरयुक्त भरपर्दो रिर्पोट, मुटुको ‘थ्रीडी क्यामेरा’सहितको स्क्यान सुविधा कृत्रिम बौद्धिकता (एआई) तथा ‘अटो पोजिसनिङ्ग’ को सुविधा पाउने बताउनुभयो ।

    5.JPG

    अस्पतालले एम्बुलेन्स सेवा २४ सैं घण्टा बिरामीहरुलाई सरल, सहज र सुलभ दरमा प्रदान गने उहाँले बताउनुभयो ।  नेपाल सरकारबाट छुट सुविधासहित ३३ लाख रुपैयाँमा एम्बुलेन्स खरीद गरिएको उहाँले जानकारी दिनुभयो । ‘यी सेवाहरु बिरामीहरुले अब सहजै रुपमा २४ सैं घण्टा यहीबाट प्राप्त गर्नेछन्, अनावश्यक समय र पैसा खर्च गरेर टाढा जानुपर्ने बाध्यता हटेको छ । अस्पतालले यस सेवाको खरीद तथा स्थापनाका लागि करिब साढे ५ करोड रुपैयाँ लगानी गरेको छ, ’उहाँले भन्नुभयो ।

    3.JPG

    पत्रकार सम्मेलनमा युसीयमयसका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्याल, प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., मेडिकल सुपरीटेण्डेण्ट तथा रेडियोलोजी विभाग प्रमुख प्रा.डा.सदन मुखी, रेडियोलोजी विभागका सह–प्राध्यापक सन्जु राउत, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलगायतले बोल्नुभएको थियो ।
    हाल अस्पतालको रेडियोलोजी विभागमा प्राध्यापक १ जना, सह–प्राध्यापक २ जना, उप–प्राध्यापक ४ जना, प्राविधिकतर्फ १५ जना, नर्सिङ्गतर्फ २ जना र सहयोगी ३ जना २७ जना कार्यरत छन् । 

    2222.JPG
    333.JPG

    कलेजबाट रेडियोलोजी विभागमा सन् २००९ देखि हालसम्म स्नातकोत्तर कार्यक्रम अन्तर्गत एम.डी.रेडियोलोजिष्ट मा ४२ जना तथा सन् २०१५ देखि स्नातक कार्यक्रम अन्तर्गत बि.एस्सी.एम.आई.टी. मा २८ जना विद्यार्थीहरु उत्तीर्ण गरी १०० प्रतिशत नतिजा प्राप्त भएको छ ।

    त्यसै गरी रेडियोलोजी विभागले स्थापनाकालदेखि हालसम्म ७ लाख ७६ हजार ६ सय ३८ एक्स–रे, ५ लाख ४० हजार ८ सय ५२ भिडियो एक्स–रे, १ लाख ४४ हजार १ सय ८० सिटी स्क्यान, ४५ हजार ८ सय ७८ एम.आर.आई., १० हजार ९ सय ५० कलर डप्लर, १२ हजार ४ सय ८० इ.इ.जी, ८०४ मेमोग्राफीमार्फत बिरामीहरुलाई सेवा दिइसकेको छ ।

    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न कटिबद्ध रहेको अस्पतालले जनाएको छ ।