२०८३, श्रावण २३ गते

Aug 08 2026 | २०८३, श्रावण २३ गते

‘वातावरण संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शनिवार , श्रावण २३, २०८३

  • 457
    Shares
  • 457
    Shares
  • भैरहवा, २३ साउन । लायन्स क्लब अफ सिद्धार्थनगरको आयोजनामा ‘वातावरण संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाली लायन्स दिवसको अवसरमा क्लबले शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित मुन लाईट आवासीय माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।

    १३ जना विद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा अस्मिता चौधरी प्रथम, अनामिका मिश्रा द्वितीय, मान्यता लम्साल तृतीय र अस्वीना शर्माले सान्त्वना स्थान हासिल गरेको कार्यक्रम संयोजक समेत रहनुभएका विद्यालयका प्राचार्य टीकाराम भट्टराईले बताउनुभयो ।

    क्लबको वर्ष २०२६/२०२७ का अध्यक्ष उमेश थापाको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका पूर्व डिष्ट्रिक गभर्नर पुरूषोतमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामामा कार्यक्रम सम्पन्न भएको थियो ।

    ddddqaaa.jpg

    कार्यक्रम संयोजक टीकाराम भट्टराईको स्वागत तथा सचिव नारायण आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष कूल प्रसाद न्यौपाने, डिष्ट्रिक एडभाईजर रुपमा हिराचन, एरिया–५ का एरिया चिफ राकेश गुरुङ, जोन चेयरपर्सन मिलन विश्वकर्मा, एरिया कोषाध्यक्ष रवि कुमार श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष धर्मराज आचार्य, लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष लियो विवेक कुमार गुप्ता लगायतको आतिथ्यता रहेको थियो ।

    ujjjjjj.jpg

    नेपालमा पहिलो लायन्स क्लबको स्थापना सन् १९७१ अगस्ट ९ तारिखमा पूर्वप्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा भएको थियो ।