मंगलवार , आषाढ ३०, २०८३
भैरहवा, ३० असार । लायन्स क्लब अफ भैरहवा लिगेसीले वृक्षारोपण कार्यक्रम गरेको छ । क्लबले मंगलबार रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित श्री तिनाउ माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।
क्लबले वर्ष २०२६/०२७ को पहिलो कार्यक्रम अन्तर्गत विद्यालयमा वृक्षारोपण गरेको अध्यक्ष नारायण प्रसाद कोइरालाले बताउनुभयो । विद्यालयमा अमला, बेल, निम, टिक लगायत विभिन्न फूलका विरुवाहरु रोपिएको कार्यक्रम संयोजक विष्णु भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल रिजन १८ का रिजन चेयरपर्सन भोजराज बस्यालले वातावरण संरक्षणका लागि रुख–विरुवा आवश्यक रहेकोले वृक्षारोपण गर्नु सराहनीय रहेको बताउनुभयो । उहाँले रोपिएको विरुवाहरुको उचित संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति धोबी, पूर्वअध्यक्ष रवि कुमार यादवको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, निवर्तमान अध्यक्ष राजन शुक्ला, प्रेसिडेन्ट एडभाईजर तथा सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), क्लबका पदाधिकारी, सदस्य तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij