बुधवार , आषाढ १७, २०८३
काठमाडौँ, १७ असार । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले त्यहाँको सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति घोषणा गरेको छ ।
सार्वजनिक गरिएको यस नीतिअनुसार ३० लाख भारतीय रूपैयाँ (करिव ३१,७३६ अमेरिकी डलर) सम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सडक दस्तुर र दर्ता शुल्कमा शतप्रतिशत छुट दिइने भएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत यो नीति आगामी जुलाई १ देखि कार्यान्वयनमा आउनेछ । दिल्ली सरकारले सन् २०३० को मार्च महिनासम्ममा सहरलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्यका साथ यो कदम चालेको हो । नयाँ नीतिमा पेट्रोल र कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) बाट चल्ने दुई पाङ्ग्रे सवारी साधनहरूलाई चरणवद्ध रूपमा विस्थापन गर्ने योजना समावेश गरिएको छ ।
जसअनुसार सन् २०२८ को अप्रिलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन मात्र विक्री र दर्ता गर्न अनुमति दिइनेछ । विद्युतीय यातायात प्रणालीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न दिल्ली सरकारले आगामी चार वर्षभित्र १५० अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij