आइतवार , आषाढ १४, २०८३
भैरहवा, १४ असार । काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, रुपन्देहीमा आइतबार क्वालिटी टिचिङ इन्सपेक्सन वर्कशप सम्पन्न भएको छ ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षता तथा सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा भएको गोष्ठीमा विद्यालयका ५५ जना शिक्षकहरुको सहभागीता रहेका थियो । सहभागी शिक्षकहरुलाई आइएसओ नेपाल प्रतिनिधि सुदिप शर्मा र आकाश यादवले सहजीकरण गर्नुभएको थियो ।
कार्यशालामा सहभागी शिक्षकहरुलाई पाँचवटा समुहमा विभाजन गरी छलफल गरिएको थियो । सो छलफलमा आत्म अनुशासन, संस्थागत अनुशासन, गुणस्तरिय शिक्षण सिकाई र गुणस्तरीय शिक्षाका लागि कक्षाकोठामा चाहिने सामग्रीहरुका बारेमा छलफल गरिएको थियो ।
विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ सर्टिफाइड भएपछि चाहिने आवश्यक मापदण्ड अनुसार पनि यस्ता तालिम आवश्यक पर्ने विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो । यसअघि गत चैत्र २३ गते पनि यस्तै तालिम विद्यालयले सञ्चालन गरेको प्राचार्य घिमिरेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij