२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

एन प्याब्सनद्वारा एसईईमा उत्कृष्ट हुनेलाई सम्मानसँगै चित्रकला र हस्तलेखन प्रतियोगिता

शुक्रवार , आषाढ १२, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • बुटवल, १२ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानसँगै चित्रकला र हस्तलेखन प्रतियोगिता गरेको छ । 
    विद्यार्थी तथा शिक्षकको क्षमता विकासमा विभिन्न कार्यक्रम गर्दै आएको एन प्याब्सन रुपन्देहीले शुक्रबार बुटवलमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने चार दर्जन बढी विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । 

    नेशनल प्याब्सनले सोही अवसर पारेर जुनियर र सिनियर तहमा अध्ययन गर्ने विद्यार्थीबीच चित्रकला तथा हस्तलेखन प्रंतियोगिता समेत सम्पन्न गरेको हो । 

    नेशनल प्याब्सन (एन प्याब्सन) का रुपन्देही अध्यक्ष तिलव केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख विष्णु प्रसाद पन्थीले विद्यार्थीको क्षमता विकासमा निजी विद्यालयले गरेको कार्यको प्रंशसा गर्दै निरन्तरताको कामना गर्नुभयो । उहाँले सबैखाले ज्ञान विद्यार्थीका लागि आवश्यक पर्ने उल्लेख गर्दै चित्रकला र हस्तलेखन प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा नेशनल प्याब्सन (एन प्याब्सन) का केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेल, सल्लाहकार प्रकाश भट्टराई, उपाध्यक्ष राजेन्द्र पराजुलीलगायतले एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका एवं जिल्लास्तरीय चित्रकला, हस्तलेखन प्रतियोगितामा विजयी भएकालाई बधाई तथा शुभकामना दिनुभयो । 

    कार्यक्रममा नेशनल प्याब्सन अन्तरगतका विभिन्न विद्यालयबाट एसईईमा चार जिपीए ल्याउने ७ जना विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो ।

    यसैबीच शुक्रबार नै भएको एन प्याब्सन जिल्लास्तरीय चित्रकला प्रतियोगितामा जुनियरतर्फ सगरमाथा आवासिय मावि सितलनगरकी इप्शु पोखरेल प्रथम, सुनगाभा पब्लिक स्कुल सैनामैनाकी अदृशा सापकोटा द्वितीय, न्यू लुम्बिनी बोर्डिङ स्कुलकी लक्ष्मी थापा तृतीय र प्याराडाइज बोर्डिङकी रिषिका केसीले प्रोत्साहन पुरस्कार हात पारिन् । 

    त्यस्तै चित्रकलाको सिनियरतर्फ सगरमाथा आवासीय माविकै आश्ना खरेल  प्रथम, प्याराडाइज बोर्डिङका अन्मोल कण्डेल द्वितीय, सुनगाभा माविकी दिक्षा केसी तृतीय र नवप्रभात बोर्डिङकी सृष्टि पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरेको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । 

    त्यसै गरी एन प्याब्सन हस्तलेखक (हेण्डराईटिङ) प्रतियोगितामा जुनियरतर्फ न्यू लुम्बिनी बोर्डिङकी शफु राना प्रथम, ग्यालेक्सि बोर्डिङकी दर्शिता खनाल द्वितीय, सगरमाथाकी निजु श्रेष्ठ तृतीय र प्याराडाइजका दर्शन क्षेत्रीले प्रोत्साहन पुरस्कार हात पारेका छन् । त्यसैगरी सिनियरतर्फको हस्तलेखन प्रतियोगितामा सुनगााभा पब्लिककी प्रसंशा पौडेल प्रथम, न्यू लुम्बिनीकी मल्लिका सारु द्वितीय र नवप्रभातकी रितिका अधिकारी तृतीय र सगरमाथा आवासिय माविकी अनुपमा केसीले प्रोत्साहन पुरस्कार हात पारेको सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । 

    सचिव थापा मगरका अनुसार प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार ५ सय, तृतीयलाई २ हजार ५ सय र प्रोत्साहन पुरस्कार १ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।