बिहिवार , आषाढ ११, २०८३
भैरहवा, ११ असार । रुपन्देहीको रोहिणी गाउँपालिकाले ५७ करोड ४३ लाख २ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १९ औं गाउँ सभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रूपैयाँ बराबरको सार्वजनिक गरिएको हो ।
स्रोत व्यवस्थापनको लागि संघीय र प्रदेश सरकारबाट मात्रै विभिन्न शीर्षकमा ५१ करोड १५ लाख ८२ हजार रूपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिक स्रोतबाट २ करोड ३० लाख रूपैयाँ, अन्य स्रोतबाट नगद मौज्दात ३ करोड रूपैयाँ तथा जिल्ला समन्वय समितिबाट ७२ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
आर्थिक, सामाजिक विकास, कृषि, रोजगारी र पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट अघि सारेको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । रोहिणी गाउँपालिकामा ७ वटा वडाहरु छन् ।
लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये कपिलवस्तुको मायादेवी र शुद्धोधन तथा रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाहेक अन्य सबै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट समयमै पेश गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij