२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

आबिष्कार खनाल बने जोन १८ का उत्कृष्ट अध्यक्ष

बिहिवार , आषाढ ११, २०८३

  • 880
    Shares
  • 880
    Shares

  • बुटवल, ११ असार । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत जोन १८ द्वारा आयोजित बहुप्रतीक्षित समापन समारोह ‘द क्लोजिङ च्याप्टर’सम्पन्न भएको छ । वर्षभरीका उपलब्धी, नेतृत्व, समर्पण तथा सेवामूलक कार्यहरूको समीक्षा तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रमले रोट्रयाक्टकर्मी, डिष्ट्रिक्ट पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूको सहभागीता रहेको थियो ।

    सम्मान, उपलब्धि, कृतज्ञता, मित्रता, मनोरञ्जन र उत्साहको अनुपम संगम बनेको उक्त समारोहले जोन १८ को सफल यात्रालाई गौरवपूर्ण रूपमा समापन गर्दै आगामी दिनका लागि नयाँ उर्जा, प्रेरणा र प्रतिबद्धताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् । यसले जोन १८ को इतिहासमा अर्को अविस्मरणीय अध्याय थप्दै जेडआरआर डा. आबिष्कार पराजुलीको सफल कार्यकाललाई भव्य रूपमा समापन गरेको हो ।

    जेडआरआर डा. आबिष्कार पराजुलीको अध्यक्षता तथा डिआरआर दिनेश गैरेको प्रमुख आतिथ्यता,आइपिडिआरआर विक्रम क्षेत्री, डिआरआर इलेक्ट प्रकाश शर्मा गैरे, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडे तथा विभिन्न डिष्ट्रिक्ट पदाधिकारीहरूको आतिथ्यता एवं उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    जोनल सचिव दिक्षा खनालले स्वागत मन्तव्य व्यक्त गर्दै जोन १८ को वर्षभरीको सफल यात्रामा साथ, सहयोग र समर्पण गर्ने सम्पूर्ण रोट्रयाक्टर, पदाधिकारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो ।

    समारोहमा जोन १८ अन्तर्गतका सम्पूर्ण क्लब अध्यक्षहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । यसै अवसरमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आबिष्कार खनाललाई उत्कृष्ट अध्यक्षका रूपमा सम्मान प्रदान गरिएको थियो ।

    त्यसै गरी विभिन्न डिष्ट्रिक्ट पदाधिकारी, जोनल टोली, प्रमुख अतिथि दिनेश गैरे, विशेष अतिथि विक्रम क्षेत्री तथा प्रकाश शर्मा गैरेलाई समेत जेडआरआर डा. आबिष्कार पराजुलीद्वारा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    कार्यक्रमको विशेष क्षणमा जोन १८ अन्तर्गतका सम्पूर्ण क्लब अध्यक्षहरूले संयुक्त रूपमा जेडआरआर डा. आबिष्कार पराजुलीलाई मायाको चिनो प्रदान गर्दै उहाँको नेतृत्व, समर्पण तथा जोन १८ लाई उपलब्धिमूलक यात्रातर्फ डोर्याउनुभएको योगदानको उच्च मूल्यांकन गरेका थिए ।

    गायक बसन्त श्रेष्ठ तथा उहाँको टोलीले प्रस्तुत गरेको प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो भने विभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरूले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

    समारोहमा ‘द क्लोजिङ च्याप्टर’ को सफल समापनको अवसरमा जोनल टोलीले केक काटेर खुसी साटासाट गरेको थियो । साथै रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले सम्पन्न गरेका १०० परियोजनाको ऐतिहासिक उपलब्धीको अवसरमा पनि विशेष केक काटेर उत्सव मनाइएको थियो ।

    कार्यक्रममा अनुप पाण्डेयले आगामी असार १३ गते आयोजना हुन गइरहेको डिएलटिएस तथा सम्मान समारोहबारे जानकारी गराउनुभयो । समारोहलाई सम्बोधन गर्दै बाबुराम बन्जाडे, विक्रम क्षेत्री तथा दिनेश गैरेले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सेवामूलक अभियानबारे प्रेरणादायी विचार व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन निशाना पोखरेलले गर्नुभएको थियो । उहाँको स्पष्ट अभिव्यक्ति र कुशल सञ्चालनले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाएको थियो ।