बिहिवार , आषाढ ११, २०८३
भैरहवा, ११ असार । रुपन्देहीको रोहिणी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरिएको छ । बिहीबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १६ जनालाई ह्वील चेयर वितरण गरिएको हो ।
उक्त कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले कार्यक्रममा सहभागी भइ ह्वील चेयर लिनुहने नागरिकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा पनि ह्वील चेयर वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिइ कामहरु अघि बढाएको उहाँको भनाइ छ ।
त्यस्तै रोहिणी गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष सरोज कुमार पाण्डेयले रोहिणी गाउँपालिकाले विकास निर्माण कार्यहरुलाई तीव्रता दिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
महिला विकास निरीक्षक शान्ति कुमारी यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij