२०८३, आषाढ १० गते

Jun 24 2026 | २०८३, आषाढ १० गते

विद्यालय व्यवस्थापन समितिले नै लगायो विद्यालयमा ताला

बुधवार , आषाढ १०, २०८३

  • 247
    Shares
  • 247
    Shares
  • भैरहवा, १० असार । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर २ स्थित श्री भिलरहवा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले नै तालाबन्दी गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविनोद थारुको नेतृत्वमा सोमबार तालाबन्दी गरिएको हो ।

    प्रधानाध्यापक उमाशंकर यादव र लेखापाल राजेश प्रसाद यादवले मनोमानी ढंगले काम गरेको, हिसाबकिताब दिन नसकेको, शैक्षिक गुणस्तर कायम हुन नसकेको लगायत विभिन्न आरोप लगाउँदै तालाबन्दी गरिएको हो । तालाबन्दी गरिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

    तालाबन्दीपश्चात जारी गरिएको प्रेस विज्ञप्तीमा विभिन्न आरोप तथा माग उल्लेख गरिएको छ । महिनामहिनामा विद्यालयको आय-व्यय विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गर्नुपर्ने पटकपटक भन्दा समेत हालसम्म खातामा के कति रकम छ र खर्च भएको छ सोको जानकारी दिनुपर्ने, सम्पूर्ण शिक्षकहरुको नियुक्तिपत्र तथा शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि विद्यालय व्यवस्थापन समितिमा पेश गर्नुपर्ने, प्रधानाध्यापक र लेखापालको गतिविधि सन्तोषजनक नभएको भनी पटकपटक स्थानीय समुदायबाट आलोचना हुँदा समेत गाउँपालिकाबाट कुनै पहल नभएको लगायतका माग र आरोप लगाइएको छ ।