२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषयलाई बजेटमार्फत सम्बोधन हुनुपर्छ : नेता आङदेम्बे

शनिवार , जेठ २, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं, २ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषयलाई बजेटमार्फत सम्बोधन हुनुपर्ने बताउनुभएको छ । 

    शनिबार काठमाडौंमा नेपाल मोवाईल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै बिषय छुटेको भन्दै त्यस्ता बिषयमा बजेटमार्फत सम्बोधन हुनुपर्ने बताउनुभएको हो । उहाले नीति तथा कार्यक्रमको छलफललाई केहि घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । यसअघि तीन दिन हुने छलफललाई घण्टामा सक्काउदा सरकारले आवश्यक प्रक्रिया पुरा नगरेको उहाले बताउनुभयो । उहाले नीति तथा कार्यक्रममा धेरै छलफल गर्न नपाएपनि प्रिबजेटमा भने प्रयाप्त छलफल हुने विश्वास व्यक्त गर्नुभयो । आङदेम्बेले विरोधको निम्ति विरोध गर्ने प्रतिपक्षीको हिजोको शैली अब नदोहरिने भन्दै परिणामको निम्ति साथ दिने धारणा राख्नुभयो । तर सरकारको क्रियाकलाप हेर्दा परिणाम दिने बाटो तय भएको जस्तो अनुभूति नभएको उहाको भनाइ छ ।

    त्यस्तै आङदेम्बेले सकारात्मक सोचका सरकारका राम्रा कुरालाई साथ र नराम्रा कुरामा सजक गराउने गरि प्रतिपक्ष बेन्च प्रस्तुत भएको बताउनुभयो ।