२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

मुन लाईटद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

शनिवार , जेठ २, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, २ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित मुन लाईट सेकेण्डरी बोर्डिङ स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

    विद्यालयले शुक्रबार भैरहवामा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी २०८२ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

    एसईईमा ३.९६ जीपीए ल्याउने बुद्ध पाण्डे र सलोनी मिश्रासहित सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । विद्यालयबाट ८७ विद्यार्थी एसईईमा सहभागी भएकोमा ७९ विद्यार्थी अर्थात ९०.८ प्रतिशत ग्रेडेड (उत्तीर्ण) भएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि मुन लाईट सेकेण्डरी बोर्डिङ स्कूल सञ्चालक समितिका अध्यक्ष कूल प्रसाद न्यौपानेले प्राचार्य, शिक्षकसहितको सम्पूर्ण टीमको मिहिनेतले उत्कृष्ट नतिजा आएको बताउनुभयो । उहाँले मुन लाईटले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । ‘व्यवस्थापनमा हाम्रो विद्यालय अब्बल छ, कक्षा ११ र १२ मा विज्ञान विषय पढाउने अनुमति लिइसकेका छौं, ’उहाँले भन्नुभयो ।

    विशिष्ट अतिथि विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष मनिष कुमार जोशीले विद्यार्थीले आफूलाई चिन्न जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो इच्छा अनुसार विषय छनौट गरी उच्च शिक्षा अध्ययन गर्न सुझाव दिनुभयो ।

    विद्यालयका प्राचार्य टीकाराम भट्टराईले उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षकलाई धन्यवाद दिनुभयो । ‘विद्यार्थी र अभिभावक विशेष धन्यवादको पात्र हुनुहुन्छ, समयको माग अनुसार विद्यालयलाई पूर्ण डिजिटलाईज्ड गदैछौं, ’उहाँले भन्नुभयो ।

    सह–प्राचार्य राजन पौडेलले शिक्षक र विद्यार्थीको लगनशीलताले उत्कृष्ट नतिजा आएको बताउनुभयो । उहाँले लक्ष्य निर्धारण गरेर अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । यस वर्षदेखि विद्यालयमा कम्प्युटर साइन्सको पनि अध्ययन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा सह–प्राचार्य विष्णु प्रसाद लम्साल, एसईई उत्तीर्ण विद्यार्थी बुद्ध पाण्डेले पनि भनाइ राख्नुभएको थियो ।