२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

एकिकृत मोरिङ्गा प्रशोधन केन्द्रको उद्घाटन, मोरिङ्गाको सेवनले यस्ता छन् फाईदा

शुक्रवार , जेठ १, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा । भैरहवामा स्थापना भएको एकिकृत मोरिङ्गा प्रशोधन केन्द्रको आ्ैपचारिक उद्घाटन गरिएको छ । मानव स्वास्थ्यका लागि अत्यन्तै महत्वपुर्ण मानिएको मोरिङ्गाको व्यवसायिक उत्पादन शुरु गरेको एकिकृत मोरिङ्गा प्रशोधन केन्द्रको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खानले उद्घाटन गर्नु भयो ।

    सो अबसरमा बोल्दै मेयर खानले नेपालका विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा खेतिहुदै आएको मोरिङ्गाको उपभोग बजार प्रबद्र्धनमा जोड दिने बताउनुभयो ।पोषणयुक्त खाद्यका रूपमा परिचित मोरिङ्गा स्वास्थ्यका लागि लाभदायी हुनुका साथै किसानका लागि आम्दानीको राम्रो स्रोत बन्न थालेको छ ।स्वास्थ्यमा बिशेष ध्यान दिन थालेका नागरिकका लागि मोरिङ्गाको सेवन निकै प्रभावकारी रहेको भन्दै उपभोगमा बिशेष जोड दिनुभयो ।

    सो अबसरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठले बजारीकरणका लागि स्थानिय वडाले आबश्यक सहयोग गर्ने बताउनु भयो ।एकिकृत मोरिङ्गा प्रशोधन केन्द्र भैरहवाका सञ्चालक सलुजा रामदामले व्यवसायिक रुपमा मोरिङ्गाको खेति शुरु गर्दै यसका उत्पादनहरु बजारमा लैजान शुरु गरिएको बनाउनुभयो । प्रशोधन केन्द्रबाट अहिले मोरिङ्गा पाउडर, मोरिङ्गा चिया, ग्रिन टि, पोशिलो लड्ड् र सुत्केरी मसला तयार गरिएको सञ्चालक रामदामको भनाई छ ।

    प्राकृतिक चिकित्सक डा. हुमबहादुर बोहराले मोरिङ्गामा भिटामिन ए, सि, क्याल्सियम, आइरन र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँका अनुसार विशेषगरी बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धाका लागि मोरिङ्गा उपयोगी हुन्छ । मोरिङ्गाबाट पाउडर, चिया, तेल, क्याप्सुल जस्ता उत्पादन तयार गरी नेपाली बजारमै बिक्रीको सम्भावना खोज्दै जानु पर्नेमा जोड दिनुभयो ।

    मोरिङ्गालाई बिभिन्न स्वादमा सेवन गर्न सकिन्छ । यो एक महत्वपुर्ण ओखतीको रुपमा लिईएको छ । मोरिङगा नेपाल भारत लगायतका देशहरुमा पाइने एकप्रकारको ठूलो रुख हो यो । यसलाई ठाँउअनुसार विभिन्न अन्य नामहरुले पनि चिनिन्छ जस्तैः ड्रम स्टिक ट्रि, हर्सरेडिस ट्रि र बेन आयल ट्रि ।

    विभिन्न प्रकारका भिटामिन र पोषक तत्वहरु प्रचुर मात्रामा पाइने भएकाले मोरिङ्गा ओलिफेरालाई ‘सुपरफुड’को नामले पनि चिनिन्छ । नेपालमा यस वनस्पतिलाई सित्तलचिनी र सोभान्जन नामले पनि चिनिन्छ । प्रचुर पोषक तत्व र विभिन्न औषधिय गुणको कारणले आयुर्वेदिक विज्ञानमा यसलाई हजारौं वर्ष अगाडिदेखि प्रयोग गर्दै आइएको पाइन्छ ।

    हालैका वर्षहरुमा यो वनस्पति बारेमा धेरैले चासो व्यक्त गर्न थालेका छन् र यसको नियमित सेवन गर्ने मानिसहरु पनि बढेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुले यो वनस्पतिको धेरै स्वास्थ्य फाइदाहरु मध्ये केहीको मात्रै अध्ययन गरेका छन् । यो रुखको पात, फल लगाएत प्राय सबै भागहरु सेवन गर्न मिल्छ । यसलाई परम्परागत आयुर्वेदिक उपचारमा औषधिको रुपमा प्रयोग गरिन्छ ।

    पश्चिमा देशहरुमा यसको सुकाइएको पातलाई सप्लिमेन्टको रुपमा धुलो र क्याप्सुलको रुपमा बिक्रि गरिन्छ । नियमित रुपमा मोरिङ्गाको सेवनले बिभिन्न फाईदा पुग्ने अध्ययनले देखाएको छ ।


    १. प्रचुर मात्रामा पोषक तत्व

    विशेषगरि मोरिङ्गाको पात र फलको सेवन गर्ने गरिन्छ । मोरिङ्गाको पात धेरै भिटामिन र मिनरल्सको उत्कृष्ट स्रोत हो ।

    यसको एक कप ताजा पात–२१ ग्राममा पाइने पोषकतत्वहरु यसप्रकार छन ः

    प्रोटिनः २ ग्राम

    भिटामिन बी ६ः १९ प्रतिशत आरडिए

    भिटामिन सीः १२ प्रतिशत आरडिए

    आइरनः ११ प्रतिशत आरडिए

    रिबोफ्लेबिन बि२ः ११ प्रतिशत आरडिए

    भिटामिन ए (बेटा क्यारोटिन) ९ प्रतिशत आरडिए

    म्याग्नेसियमः ८ प्रतिशत आरडिए

    पातसँग तुलना गर्दा फलमा अलि कम भिटामिन र मिनरल्सहरु हुन्छन् तर त्यसमा भिटामिन सी भने प्रसस्त पाइन्छ । एक कम ताजा काटिएको फल –१०० ग्राममा दैनिक चाहिने भिटामीन सीको १५७ प्रतिशत पाइन्छ ।

    विकासशील राष्ट्रमा मानिसहरुको आहारमा भिटामिन, मिनरल्स र प्रोटिनको कमी हुन्छ । यी देशहरुमा मोरिङ्गा ओलीफेरा धेरै अत्यावश्यक पोषक तत्वको लागि महत्वपूर्ण स्रोत हुन सक्छ ।

    तर, मोरिङ्गा ओलिफेराको एक बेफाइदा पनि छ । मोरिङ्गाको पातमा उच्च स्तरमा एन्टिन्युट्रिएन्ट्स पनि हुन्छ जसले हाम्रो शरीरको खानाबाट खनिज र प्रोटिन सोस्ने क्षमतालाई कम गर्छ ।

    त्यस्तै सोच्नुपर्ने अर्को कुरा पनि छ त्यो हो मोरिङ्गा ओलिफेराको सम्पिमेन्ट्स क्याप्सुलमा धेरै पोषण पाँइदैन ।

    २. मोरिङ्गामा भरपुर एन्टिअक्सिडेन्ट पाइन्छ ।

    एन्टिअक्सिडेन्ट त्यस्ता तत्वहरु हुन् जसले शरीरमा भएका फ्रि रेडिकलको विरुद्धमा काम गर्छ ।

    उच्च स्तरको फ्रि रेडिकल्सले अक्सिडेटिभ स्ट्रेस उत्पन्न गराउँछ जुन मुटुरोग र टाइप २ डायबिटिज जस्ता घातक रोगहरुसँग जोडिएको हुन्छ । विभिन्न एन्टिअक्सिडेन्ट प्लान्ट तत्वहरु मोरिङ्गा ओलिफेरामा पाइन्छ । भिटामीन सी र बेटा क्यारोटिनमात्रै होइन यसमा क्वेरसेटिन, क्लोरोजेनिक एसिड पनि पाइन्छ ।

    महिलाहरुमा गरिएको एक अध्ययनका अनुसार तीन महिनासम्म दैनिक १.५ चम्चा मोरिङ्गाको धुलो सेवन गरेमा रगतमा एन्टिअक्सिडेन्ट लेभल बढ्छ ।

    मोरिङ्गाको पातलाई फुड प्रिजरभेटिभको रुपमा पनि प्रयोग गरिन्छ । यसले अक्सिडेसन घटाएर मासु धेरै दिन सम्म ताजा राख्छ ।

    ३. मोरिङ्गाले ब्लड सुगर लेभल घटाउँछ

    रगतमा सुगरको स्तर बढ्नुलाई गम्भिर स्वास्थ्य समस्याको रुपमा लिइन्छ । यो डायबिटिजको प्रमुख कारण हो । त्यस्तै रगतमा सुगरको स्तर बढेमा मुटुरोग लगायत अन्य विभिन्न गम्भिर स्वास्थ्य समस्याहरु निम्तिन सक्छ । त्यसैले हामीले आफ्नो रगतमा सुगरको स्तर स्वस्थ अनुपातमा कायम गर्नुपर्छ ।

    विभिन्न अध्ययनहरुका अनुसार मोरिङ्गा ओलिफेराले रगतमा सुगरको स्तरलाई कम गर्छ । वैज्ञानिकहरुले यो प्रभाव मोरिङ्गामा पाइने इस्थियोसाइनेट्स नामको तत्वको कारणले हुने बताउँछन् ।

    ४. मोरिङ्गाले सुन्निन कम गर्छ

    कुनै चोट वा संक्रमणको कारण हाम्रो शरीर सुन्निने गर्छ । खासमा सुन्निनु भनेको एक शरीरको अत्यावश्यक सुरक्षण संयन्त्र हो तर लामो समयसम्म सुन्निरहृयो भने यो एक गम्भिर स्वास्थ्य मुद्दा बन्छ ।

    धेरै लामो समयसम्म शरीर सुन्निएमा विभिन्न घातक

    रोगहरु लाग्ने सम्भावना हुन्छ । विभिन्न फलफूल, सागसब्जीहरु र मसलाहरुमा एन्टी इन्फ्लामेटरी प्रोपर्टी हुन्छ ।

    त्यस्तै मोरिङ्गाको पात, फलमा पाइने इस्थियोसाइनेट्समा जीउ सुन्निएको निको पार्ने तत्व अझै बढी हुन्छ ।

    ५. मोरिङ्गाले कोलेस्टेरोल कम गर्छ

    कोलेस्टेरोल उच्च भएमा मुटुरोगको जोखिम बढि हुन्छ । विभिन्न किसिमका सागसब्जीको सेवनले कोलेस्टेरोल कम गर्छ । त्यसैगरि मोरिङ्गा ओलिफेराको नियमित सेवनले पनि कोलेस्टेरोल कम गर्छ ।

    ६. मोरिङ्गा ओलीफेराले आर्सेनिकबाट बचाँउछ

    खाना र पानीमा आर्सेनिकको संक्रमण विश्वका विभिन्न भागहरुमा ठूलो समस्याको रुपमा रहेको छ । विभिन्न किसिमका चामलमा उच्च स्तरमा आर्सेनिक पाइन्छ ।

    लामो सयमसम्म उच्च स्तरको आर्सेनिकसँग सम्पर्कको कारण मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्छ ।

    मुसामा गरिएको एक अध्ययनबाट मोरिङ्गाको गेडाले आर्सेनिकको विषाक्त प्रभावलाई कम गर्ने कुरा पत्ता लागेको छ ।

    WhatsApp Image 2026-05-14 at 18.35.31.jpeg