२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

हर्क साम्पाङलाई शाहीले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन’

शुक्रवार , जेठ १, २०८३

  • 907
    Shares
  • 907
    Shares
  • काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र शाहीले सांसद हर्क साम्पाङलाई प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

    उनले आज९शुक्रबार० सामाजिक सञ्जालबाट जनताको मत र जनादेशको सम्मान गर्न साम्पाङलाई अपिल गरेका छन्। उनले भनेका छन्,‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।’

    संसद् जनताको आवाज बोल्ने थलो र सरकारलाई जनताका कुरा सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च भएकोले यसलाई प्रधानमन्त्रीले सम्मान गर्नुपर्ने उनको धारणा छ। शाहीले विगतको गलत शासन पद्धतिको विरुद्धमा आएको जनमतलाई कदर गर्दै अगाडि बढ्न हर्क साम्पाङलाई आग्रह गरेका छन्।