२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

सिद्धार्थनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण

बुधवार , बैशाख ३०, २०८३

  • 517
    Shares
  • 517
    Shares
  • भैरहवा, ३० वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन कार्यक्रम सुरु भएको छ ।

    नगर क्षेत्रभित्रको गाउँटोल, चोक तथा वडाहरुमा रहेका सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिइ बध्याकरण तथा भ्याक्सिनेसन गरिने नगरपालिकाले जनाएको छ ।

    वैशाख ३० गते बुधबार (आज) देखि सुरु भएको कार्यक्रम जेठ १ गतेसम्म सञ्चालन हुने नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिनुभयो । समुदायलाई रेबिजमुक्त बनाउन र सामुदायिक कुकुरहरूको संख्या व्यवस्थापन गर्न नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उपप्रमुख अधिकारीले बताउनुभयो ।

    आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तीनदिने कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको कृषि विकास अधिकृत योगेन्द्र प्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम अन्तर्गत २२५ वटा कुकुरको बध्याकरण गरी ती कुकुरलाई रेबिज खोप लगाइनेछ । ‘विगतका वर्षमा पनि यो कार्यक्रम सञ्चालन गरेका थियौं । सम्पूर्ण वडामा जानकारी गराएका छौं । उहाँले भन्नुभयो–‘वडाअध्यक्ष, वडा सदस्य तथा स्थानीय अगुवाहरुसँगको समन्वयमा छुटेका सामूदायिक कुकुर ल्याएर बन्ध्याकरण गरिरहेका छौंं ।’

    सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित नगरपालिकाको पुरानो भवन परिसरमा सञ्चालित कार्यक्रममा युथ फर कन्जर्भेसन एण्ड सस्टेनएबल एग्रिकल्चरले प्राविधिक सहयोग गरेको छ ।