२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

ईक्यान रुपन्देही र होटल पार्म इन्टरनेसनलबीच छुट सुविधासम्बन्धी सम्झौता

बुधवार , बैशाख ३०, २०८३

  • 670
    Shares
  • 670
    Shares
  • बुटवल, ३० वैशाख । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र होटल पार्म इन्टरनेसनल बुटवलबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार ईक्यानसँग आबद्ध सदस्य, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले होटलका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् ।

    सम्झौता कार्यक्रममा बोल्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेतले आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उहाँले यस्ता सहकार्यले शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    होटल पार्म इन्टरनेसनल बुटवलका सञ्चालक सुरज खरालले दुवै पक्षबीच भएको सहमतिले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो ।

    कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू किरण राना, राम खड्का, शिव पौडेल, जीडी सिखर धिताललगायतको उपस्थिति थियो ।