बुधवार , बैशाख ३०, २०८३
भैरहवा, ३० वैशाख । रुपन्देही क्रिकेट संघको आयोजनामा यु–१९ पुरुष रुपन्देही जिल्ला छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा रुपन्देही रेड विजयी भएको छ । तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल खेल मैदानमा भएको खेलमा रुपन्देही एलोलाई ७४ रनले पराजित गर्दै रुपन्देही रेडले जितेको हो ।
टस जितेर ब्याटिङ रोजेको रुपन्देही रेडले ४५ दशमलव २ ओभरमा १० विकेटको क्षतिमा २०१ रनको योगफल बनायो। उसका लागि आरिफ खानले ६१, विन्दाराम यादवले ४२ र सारिक अलीले २९ रनको योगदान गरे । बलिङमा रुपन्देही एलोका केशव थापा, सत्यम हरिजन, रोहित कुर्मीले २–२ तथा सोयब हसन र बासुदेव यादवले १–१ विकेट लिए ।
जवाफमा रुपन्देही एलोले ४२ दशमलव १ ओभरमा १० विकेटको क्षतिमा १२७ रन बनायो । उसका लागि सुगम के.सी. ले ३२, राज प्रसाद खनालले ३१ र केशव थापा (नटआउट)ले ११ रन बनाए । बलिङमा रुपन्देही रेडका करन यादवले ३, सारिक अली, आरिफ अहमद र सोयम बरालले २–२ तथा नितेश ठाकुरले १ विकेट लिए ।
खेलमा रुपन्देही रेडका सारिक अली मुसलमान म्यान अफ द म्याच घोषित भए ।
वैशाख २ र ३ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको ओपन क्याम्पबाट छनोट भएका ४८ जना यस प्रतियोगितामा सहभागी रहेको रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीले बताए ।
ष्mबनभक
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
