२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

‘निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रुपमा स्वीकार गर्नु स्वागतयोग्य’

बुधवार , बैशाख ३०, २०८३

  • 631
    Shares
  • 631
    Shares
  • भैरहवा, ३० वैशाख । नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले स्वागत गरेको छ ।

    वर्तमान आर्थिक मन्दी घट्दो लगानी, उद्योग–व्यवसायमा देखिएको संकुचन तथा यूवा शक्ति पलायनको अवस्थाबीच प्रस्तुत नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रुपमा स्वीकार गर्नु स्वागतयोग्य रहेको संस्थाका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । संस्थाकोतर्फबाट धारणा सार्वजनिक गर्दै अध्यक्ष रोक्काले यस्तो बताउनुभएको हो 

    ‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको हैसियतले चेम्बर अफ कमर्स, रुपन्देहीको निम्न विषयहरुमा विशेष ध्यान पुगेको छ’उहाँले भन्नुभयो–‘निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्नु, औद्योगिक ग्राम र विशेष आर्थिक विस्तार, नगदरहित र डिजिटल अर्थतन्त्र प्रवद्र्धन, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे, कर प्रणाली सरलीकरण, यूवालाई उत्पादन क्षेत्रमा विशेष जोड, नेपाल लगाानी भिसा, नेपाललाई विश्व आध्यात्मिक केन्द्रको रुपमा प्रवद्र्धन, महिला उद्यमशीलता विकास रणनीति, नेप्से तथा पूँजी बजारको पुर्नसंरचना, आगामी दशकमा औसत ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य, हरित अर्थतन्त्र प्रवद्र्धन, रिमोट वर्क नीति, लगानी एक्सप्रेस नीति : ३० दिनभित्र दर्ता अनुमति, डिजिटल सुरक्षामा लगानी, देवभुमि नेपाल अभियान, धार्मिक तथा होमस्टेलाई प्रवद्र्धन, रोजगार प्रवद्र्धन दशक घोषणा, गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थल संचालनको लागि अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकसँग कुटनीतिक पहल गर्नु, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, केरुङ्ग–काठमाण्डौ रक्सौल–काठमाण्डौ रेलमार्ग लगानी मोडालिटीका साथै डिजिटल सुशासन, स्वास्थ्य, शिक्षा, खेलकुद, उर्जा, वन, सरसफाई, स्वच्छ खानेपानी जस्ता विषयवस्तु समेटिनु स्वागतयोग्य छ ।’

    नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिन चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारसँग माग समेत गरेको छ ।