२०८३, बैशाख ३१ गते

May 14 2026 | २०८३, बैशाख ३१ गते

बुटवलबाट कछुवासहित एकजना पक्राउ

बुधवार , बैशाख ३०, २०८३

  • 532
    Shares
  • 532
    Shares
  • भैरहवा, ३० वैशाख । प्रहरीले रुपन्देहीको बुटवलबाट कछुवासहित एकजनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगंज बस्ने ४१ वर्षिय शंकर सुनारलाई एकथान कछुवासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    बुटवल उपमहानगरपालिका–८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिंडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा शंकर सुनारलाई शंका लागि रोकेर चेकजाँच गर्दा उनको साथबाट १ थान कछुवा फेला परेपछि कछुवा बरामद गरी शंकरलाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।

    पक्राउ परेका व्यक्तिलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मंगलबार डिभिजन वन कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।