२०८३, आश्विन ८ गते

Sep 24 2026 | २०८३, आश्विन ८ गते

रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद

मंगलवार , बैशाख २९, २०८३

  • 937
    Shares
  • 937
    Shares
  • भैरहवा, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले २३ लाख रुपैैयाँ बढीको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २३ लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    बरामद गरिएको सामानमा कैची, बोईलर कुखुरा, जेन्स टिसर्ट, जाली टोपी, पन्जा, फूल, केरा, चिनी, साडी, खुर्सानी, लेडिज सुट, गाडीमा झुण्ड्याउने झुमर, माला, कान बाली, हार, ब्रासलेट, प्याकिङ प्लाष्टिक, लेडिज सेन्डल, ललिपप मिठाई, धानको बिउ, सिसा, किराना सामान, विभिन्न कस्मेटिक सामान, मोटरसाइकल, लगायत रहेका छन् ।

    नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।