२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

रुपन्देहीमा प्रहरीको स्वीप अपरेशन : सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ११ जना नियन्त्रणमा

सोमवार , बैशाख २८, २०८३

  • 697
    Shares
  • 697
    Shares
  • भैरहवा, २८ वैशाख । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ सञ्चालन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको छ ।

    प्रहरीले ती व्यक्तिहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलहरू समेत बरामद गरेको जनाएको छ ।

    रुपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगढीका बिपिन परियार, सम्मरीमाई गाउँपालिका–६ नगौलियाका कृष्ण गुप्ता, कुसदेव यादव, पवन गुप्ता, भारतको महाराजंज थाना नवतुना अड्डाबजारका सुदिप कुर्मी, सिद्धार्थनगर नगरपालिका–९ का दिलिप कुर्मी, रोजन बोहोरा क्षेत्री, बिजय राजभर, सिद्धार्थनगर–१२ का प्रतियुष बस्याल, सिद्धार्थनगर–६ का सुमिद्र राणा र मायादेवी गाउँपालिका–८ का आयुथ पौडेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो । यसबारे थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।