२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

कानुङ सहकारी १८ औं वर्षमा, संस्थाको विकास बुझाउने डकुमेन्ट्री प्रस्तुत

शुक्रवार , बैशाख २५, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • बुटवल, २५ वैशाख । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शेयर सदस्यहरुबाट बचत संकलन र सचेतना, रोजगार विकास गर्दै आएको सहकारीले आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गरी मनाएको हो । 

    कार्यक्रममा संस्थापक अध्यक्ष हिरा बहादुर भलामीले सहकारी स्थापना गर्दा आईपरेका कठिनाइ र समस्या स्मरण गर्दै जेष्ठ नागरिक लक्षित केन्द्र लाग्न यातायात र सेवाहरु दिदै आएको बताउनुभयो । त्यस्तै सहकारीका अध्यक्ष बेनप्रसाद थापाले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै सहकारी सदस्यहरुलाई क्षमता विकास र आयआर्जनमा जोड्दै गएको जानकारी गराउनुभयो । 

    यसैबीच स्थापना दिवसमा शेयर सदस्यहरुलाई लक्षित गरी होलबडी चेक, आँखा शिविर सञ्चालन गरिएको सहकारीका सचिव युवराज काउचाले बताउनुभयो । आँखा शिविरमा १०१ जनाको परीक्षण गरिएको छ । जसमध्ये ६ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्न सिफारिस गरिएको छ । लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना भएको थियो । 

    त्यस्तै कार्यक्रममा १ सय ६१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दुईजना शेयर सदस्यहरु झमिसरा रासकोटी र लालमाया श्रीसलाई उपचा स्वरुप नगद १०–१० हजार रुपैयाँ तथा दुईजनालाई वृद्धहरुलाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा सामाजिक अभियन्ता दल बहादुर गुरुङले सहभागी सदस्यहरुलाई नेतृत्व विकास र उद्यमशीलताबारे अभिमुखीकरण गर्नुभएको थियो । य २६ सय शेयर सदस्यहरु आवद्घ रहेको सो सहकारीको इतिहास, वर्तमान र विकासक्रमलाई बुझाउने गरी डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो ।