२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

स्वस्तिक महिला सहकारीको निःशुल्क आँखा शिविरमा २०५ जनाले लिए सेवा

मंगलवार , चैत्र १७, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १७ चैत । श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–९, रुपन्देहीले एकदिने निःशुल्क आँखा शिविर गरेको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मंगलबार संस्थाको सभाहलमा कार्यक्रम गरिएको अध्यक्ष लता पोखरेलले बताउनुभयो ।

    नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा भएको शिविरमा २०५ जनाको आँखा परीक्षण गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । शिविरमा वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारी नेतृत्वको टीमले आँखा परीषण गरेको सहकारीको सचिव तथा कार्यक्रम संयोजक अनिता थापाले बताउनुभयो ।

    संस्थाको अध्यक्ष लता पोखरेलको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, सहकारीको संस्थापक अध्यक्ष लक्ष्मीदेवी पाण्डे, पूर्वअध्यक्ष सुवर्ण कुँवर, निवर्तमान अध्यक्ष पार्वती ज्ञवाली लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    lllk.JPG

    सहकारीको कोषाध्यक्ष सरस्वती खनालको स्वागत तथा सचिव अनिता थापाको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजीकरण लेखा संयोजक रिमा भट्टराई र व्यवस्थापन व्यवस्थापक सुशीला पोखरेलले गर्नुभएको थियो ।

    ssshh.jpg