२०८२, चैत्र १६ गते

Mar 30 2026 | २०८२, चैत्र १६ गते

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

सोमवार , चैत्र १६, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • काठमाडौं, १६ चैत । इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् ।

    लण्डनदेखि सिड्नी, एथेन्सदेखि डकारसम्मका मानिसहरूले शान्ति र युद्धको तत्काल अन्त्यको माग गर्दै ¥याली निकालेका छन् । प्रदर्शनकारीहरूले युद्धले निम्त्याउने मानवीय र आर्थिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    ग्रीसमा वामपन्थी दलहरू, विद्यार्थी संगठनहरू, श्रमिक युनियनहरू र गैरसरकारी संस्थाहरूद्वारा आयोजित प्रदर्शनमा हजारौं मानिसहरू सहभागी भए । एथेन्सको मुख्य ¥याली संसद भवनबाट शुरु भई अमेरिकी दूतावास अगाडि पुगेर टुङ्गिएको थियो ।

    विरोधको लहर अष्ट्रेलियासम्म पनि पुग्यो । जहाँ पश्चिमी सिड्नीमा सयौं मानिसहरूले इरानमा युद्ध रोक लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले यस युद्धले विश्वव्यापी आर्थिक र मानवीय क्षति पु¥याउने चेतावनी दिएका छन् ।