२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

९७ लाख बढीको अवैध सामान बरामद

सोमवार , चैत्र १६, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १६ चैत । रुपन्देही प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट चेकजाँच गर्ने क्रममा एकैदिन झण्डै ९७ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले आइतबार अवैधरुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य ९७ लाख १२ हजार ४२ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

    बरामद भएको सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।

    बरामद सामानमा सुन काट्न प्रयोग हुने फलामको डाई सामान, पित्तलको पाता, सुन, खरबुजा, केरा, अंगुर, हरियो तरकारी, चिनी, मटर दाना, विभिन्न किसिमका किराना सामान, बोईलर कुखुराको मासु, भारतीय नम्बर प्लेटको स्कारपियो, मोटरसाइकल, बोइलर कुखुरा, लेडिज सुट, हरियो खुर्सानी, गम्छा, कोकाकोला, स्प्राईट, साईकल, धागो, युरिया मल, लेडिज चप्पल लगायत छन् ।