आइतवार , चैत्र १५, २०८२
काठमाडौं, १५ चैत । गृहमन्त्री सुधन गुरुङले विपद्का कारणले कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
आईतवार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आउँदो मनसुनमा विपद्को कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्नेगरी पूर्वतयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताउनु भयो ।
उहाँले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रश्ताव पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको बताउनु भयो । उहाँले नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले विपद् व्यवस्थापनको सन्दर्भमा फिल्डमै काम गर्न थालेको दश वर्ष भइसक्यो । यो देशमा जुनसुकै डिजास्टर हुँदाखेरी, भूकम्प, बाढीपहिरोजन्य विपद् आउँदा हामी नपुगेको कुनैपनि ठाउँ छैन । विगतमा पनि जहाँ गाह्रो प¥यो हामी त्यहाँ पुगेका छौँ । अब चाहीँ त्यसको समाधान गर्ने हैसियत बनाएर आएको छु जस्तो लाग्छ ।
हामी विपद् जोखिम भएको देश पनि हो । भूकम्प, बाढीपहिरो जस्ता विपद्हरु भूगोलको हिसावले पनि हाम्रो देशमा धेरै आउने गरेको छ । तर विपद् प्रतिकार्य र व्यवस्थापनको लागि हामी तयारी जहिले पनि ढिला हुन्थ्यो । आज मैले प्राधिकरणसँग के प्रश्ताव राखेको छु भने डिजास्टरको लागि कम्तिमा पनि कलेजसम्म प्र्याक्किल एजुकेसन भइदियो भने राम्रो जनशक्ति आउनसक्छ ।
कल्पना गर्नुहोस् हामी प्राथमिक उपचार दिन सक्यो भने हामीले धेरै जनाको ज्यान बचाउन सक्छौँ । त्यसकारण यस्ता कुराहरु पाठ्यक्रममै राख्नुपर्छ । त्यहीअनुसार हामीले उहाँहरुलाई निर्देशन पनि दिएका छौँ ।
त्यहीअनुसार शिक्षा मन्त्रालयमा प्रश्ताव जाला । त्यसैगरी मनसुन आउनुभन्दा अगाडि नै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टिमहरु जुन छ उनीहरुलाई अहिलेदेखि नै फिल्डमा खटाउनुपर्ने, अहिलेदेखि नै अभ्यास तथा तालिम गराइराख्नुपर्नेछ ।
जहाँ जाननेखिम छ त्यहाँ अहिलेदेखि नै अलर्टमा राख्ने यउो विपद्को कारण अबदेखि कुनैपनि नागरिकले ज्यान गुमाउन नपरोस् भनेर सोहीअनुसार काम गर्नलाई हामीले निर्देशन दिएका छौँ ।’
उहाँले विपद् जोखिमयुक्त क्षेत्रमा विपद्का कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी प्रतिकार्यको तयारीमा जुट्न समेत निर्देशन दिएको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij