२०८२, चैत्र १५ गते

Mar 29 2026 | २०८२, चैत्र १५ गते

अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : प्रमुख जिल्ला अधिकारी पौडेल

आइतवार , चैत्र १५, २०८२

  • 346
    Shares
  • 346
    Shares
  • काठमाडौं, १५ चैत । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ । 

    आईतवार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ती फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनु भयो ।

    आफूहरुलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले शनिवार फिल्डमा भएको गतिविधिबारे राम्रोसुँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानूनी कारबाही गरिने समेत स्पष्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, ‘कुनैपनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरुलाई पनि यही अनुरोध गर्छौँ । यो बिचमा हामीले जुन खालको हिंसा देख्यौँ त्यो अवस्थाबाट अब स्थीरतातर्फ जादैगर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा यो एआईको जमानामा मिडियामा छुट्टै ढंगले पनि जानसक्छ ।

    यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्न चाहान्छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरु भएका छन् । हाम्रोतर्फत सबै क्षेत्रमा के भइरहेको छ भने फिल्डबाट हामी आएका हौँ । हामी सुरक्षाकर्मीहरुलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ । केही हर्कतहरु हिजो भएका छन् । ती सबैलाई कानूनी दायरमा ल्याउँछौँ ।’

    पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो । विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ ।