शनिवार , चैत्र १४, २०८२
काठमाडौं, १४ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा शनिबार काठमाडौँमा एमालेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि एमाले सचिव महेश बस्नेतले सरकारलाई कडा चेतावनी दिएका छन्।
उनले बालेन सरकार र गृहमन्त्री सुधन गुरुङलाई तत्काल ओलीलाई रिहा गर्न माग गर्दै देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार दिउँसो एक आक्रोशपूर्ण सन्देश जारी गर्दै बस्नेतले पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुने बताएका छन् । उनले सरकारको गलत निर्णयका कारण दुई तिहाइको सरकारले सपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको दाबी गरेका छन् ।
‘के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? देशलाई पाकिस्तानी, बंगलादेशी वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ ?’ बस्नेतले सरकारलाई प्रश्न गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij