२०८२, चैत्र १४ गते

Mar 28 2026 | २०८२, चैत्र १४ गते

एमालेका कार्यकर्ताहरुले जलाए जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन

शनिवार , चैत्र १४, २०८२

  • 34
    Shares
  • 34
    Shares
  • काठमाडौं, १४ चैत । नेकपा एमालेका कार्यकर्ताहरुले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् ।
    पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् । उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    त्यस्तै शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौं भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीलाई रिहाईको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् । उनीहरु पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका थिए । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।