२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

प्रधानमन्त्री साहको पुर्ख्यौली गाउँमा खुशीयाली

शुक्रवार , चैत्र १३, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • महोत्तरी, १३ चैत । प्रधानमन्त्री बालेन्द्र साहको पुख्र्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुशीयाली मनाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका साह प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै पुख्र्यौली गाउँमा दीपावली गरेर खुसियाली मनाइएको हो । साह प्रधानमन्त्री भएको अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका फोडेर दीपावली मनाएका छन् । आफ्नै गाउँको तथा मधेसी मुलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै झल्किएको छ ।

    बालेनको परिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएका स्थानीयहरूले उनको स्वभाव सरल, इमान्दार र सहयोगी रहेको बताउँछन् । 
    एक स्थानीयले भन्नुभयो,‘मुलुकमा भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको बेला विकास र सुशासनको मोडेल काठमाडौं महानगरको कार्यसम्पादनबाट देखाइसक्नुभएको उहाँ आज प्रधानमन्त्री हुँदा हामी निकै खुसि छौँ । हामी आज यही खुसियालीमा दिपावली मनाइरहेका छौँ ।’

    प्रधानमन्त्री साहले शुक्रवार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।