२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

शुक्रवार , चैत्र १३, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं, १३ चैत । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ । 

    शुक्रवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विदेश विभाग प्रमुख समेत रहनुभएका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएको छ ।

    ४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ भने वज्रपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक समेत गर्नुभएको छ ।