२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छ :अध्यक्ष राई

शुक्रवार , चैत्र १३, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौं, १३ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश निर्माणका लागि भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताउनुभएको छ । 

    शुक्रवार पार्टी सदस्यता वितरण गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राईले राजनीतिक नेतृत्वले अब नाराभन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले नागरिकको सक्रिय सहभागिता बिना विकास सम्भव नहुने भन्दै मुलुकको विकासका लागि श्रमदान अपरिहार्य रहेको बताउनु भयो । ठूलो संख्यामा नागरिकको श्रम परिचालन गर्नसके मात्र विकासले गति लिने भन्दै उहाँले श्रम संस्कृति पार्टीमा कम्तिमा एक करोड श्रमदाता जोड्ने लक्ष्य रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘कुराले देश बन्दैन । कामले मात्रै बन्ने हो । त्यसकारण हामी सबै मिलेर काम गरौँ । मुलुकको विकासका लागि एउटा यस्तो संगठन निर्माण गरौँ जुन संगठनमा थोरैमा पनि एक करोड श्रमदाता होस् । एकैचोटि एक करोड मान्छेको दुई करोड हात चल्दा के हुन्छ होला ? श्रमदानले हामीलाई मुख्यतः तीन फाइदा गर्छ ।

    हाम्रो शरिर बलियो बनाउँछ । यसले हाम्रो समाज बलियो बनाउँछ र श्रमदानले मुलुकलाई विकासको दिशामा अगाडि पनि बढाउँछ । हामी दार्चुलामा पुल निर्माण गर्दैछौँ । राज्यले गर्न नसकेको काम श्रमदानले गर्छ । त्यसले गर्दा यसले विकास पनि गर्छ ।’

    सरकारले गर्न नसक्ने कामहरु समेत नागरिकको स्वस्फूर्त श्रमदानले सम्भव हुने उहाँको भनाइ छ । उहाँले दार्चुलामा श्रमदानमार्फत पुल निर्माण गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो ।