२०८२, चैत्र ११ गते

Mar 25 2026 | २०८२, चैत्र ११ गते

सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ प्रदान

बुधवार , चैत्र ११, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • भैरहवा, ११ चैत । ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि. सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले बाल गृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रा.लि.ले मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ प्रदान गरेको हो । प्रा.लि.का महाप्रबन्धक समिर शर्माले बालगृहको अध्यक्ष/सञ्चालक कृष्णमाया गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
    बाल गृहलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको महाप्रबन्धक शर्माले बताउनुभयो ।

    ‘बाल गृह सञ्चालन गर्नु पुण्यको काम हो, यो काम संसारमा धेरै कम मानिसले गर्न सक्छन्, सिद्धार्थ बाल गृहको अध्यक्ष धन्यवादको पात्र हुनुहुन्छ, ’उहाँले भन्नुभयो । आगामी दिनमा पनि बाल गृहलाई आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

    बाल गृहको अध्यक्ष गुरुङले ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि.ले ठूलो रकम सहयोग गरेको बताउनुभयो । उहाँले बाल गृहले यस्तो सहयोग पाउँदा निकै खुसीको अनुभुति भएको र शब्दमा व्यक्त गर्न नसकेको बताउनुभयो । बाल गृहलाई रकम आवश्यक परेको बेला सहयोग पाउँदा राहतको महसुस भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाल गृहमा हाल १८ जना बालबालिका छन् । बालगृहको आफ्नै भवन जरुरी रहेको र यसका लागि विभिन्न संघ–संस्था र स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि.ले सामाजिक उत्तरदायित्व बहन गर्दै सिद्धार्थ बाल गृहलाई सहयोग गर्नु सराहनीय कार्य रहेको स्थानीयबासी तथा समाजसेवी कृष्ण मल्ल ठकुरीले बताउनुभयो ।