२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

हतारमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा

मंगलवार , चैत्र १०, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौं, १० चैत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ । 

    पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पार्नुभयो ।

    उहाँले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताउनुभयो । उहाँले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरुले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिलाई मेरो भावना सेयर गरेको थिएँ । म तत्कालै राजीनामा दिन चाहन्थँे ।

    निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने थियो त्यसकारण लम्बियो । यो दबाबमा मेरो राजीनामा दिएको थिएन । यो जवाफदेहिताको विषय हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो ।’

    उहाँले काँग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताउनु भयो ।