२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

प्यूठानमा जंगली च्याउ खाँदा दुईको मृत्यु, ३ जना बिरामी

मंगलवार , भाद्र २, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • प्यूठान २ भदौ । प्यूठान जिल्लाको नौ बहिनी गाउपालिका वडा नम्बर ६ नौबहिनी ढांडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यू हुनेमा १३ वर्षीया सुगम घर्ती र १५ वर्षका सुरेस घर्ती रहेका छन। एकै परिवारका दाजु भाई रहेका उनीहरुको घरमै मृत्यू भएको गाउपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोबिन्द केसिले बताए ।

    जंगली च्याउको पहिचान नगरी पकाएर खाएका मृतकका बुवा ३३ बर्षीया बिष्णु घर्ती, आमा ३० बर्षीया लिला घर्ती र दाई १७ बर्षीया शशी घर्ती बिरामी परेका छन।

    उनिहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको छ। बिरामीको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।